• ७ मङ्सिर २०८३ आइतबार/ Sunday 11-22-2026
  • स्टुडियो टाईम : ११:०४

पेनाल्टी सुटआउटमा सिम ब्वाइजलाई हराउँदै ठेहे फुटबल क्लबले जित्यो प्रथम गोल्डकपको उपाधि

|

हुम्ला — पेनाल्टी सुटआउटसम्म पुगेको रोमाञ्चक फाइनलमा सिम ब्वाइज क्लब सिमकोटलाई पराजित गर्दै ठेहे फुटबल क्लबले दिगो विकास–रानीवन प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा निर्धारित समय र थपिएको अतिरिक्त समयमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा सिम ब्वाइज क्लबलाई २ का विरुद्ध ३ गोलले पराजित गर्दै ठेहे फुटबल क्लब च्याम्पियन बनेको हो ।

उपाधिका लागि दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा गोलका लागि दुवै टोलीले प्रयास गरे पनि सफल हुन सकेनन्। थप गरिएको २० मिनेटको अतिरिक्त समयमा समेत गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट टुङ्गिएको थियो। दबाबपूर्ण अवस्थामा पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गरेको ठेहे फुटबल क्लबले पहिलो गोल्डकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

प्रतियोगिताको विजेता ठेहे फुटबल क्लबले एक लाख १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता सिम ब्वाइज क्लब सिमकोटले ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।

जिल्लाभरका १६ वटा फुटबल क्लब सहभागी प्रतियोगितामा टोलीहरूलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल सञ्चालन गरिएको थियो । हुम्लामा फुटबल खेलको विकास, स्थानीय खेलाडीको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले दिगो विकास युवा क्लब र रानीवन युवा क्लबले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका हुन्।

प्रतिकृया दिनुहोस

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा, सोमबार सरकारी कार्यालय बन्द

# रास्ट्रिय

२९ कार्तिक, २०८३

हुम्ला — छठ पर्वको धार्मिक परम्परा र व्रतालुहरूको सुविधालाई ध्यानमा राख्दै सरकारले पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पहिलो गोल्डकपको इतिहास रच्ने दाउमा सिम ब्वाइज र ठेहे

# रास्ट्रिय

२८ कार्तिक, २०८३

हुम्ला — हुम्लामा जारी प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि सिम ब्वाइज क्लब र ठेहे फुटबल क्लबबीच प्रतिस्पर्धा हुने

हुम्लाको अस्पतालमा चिकित्सक छन्, उपचार छैन; सरकारको भर हेलिकप्टरमा, पाँच दिनमा तीन महिलाको उद्धार

# रास्ट्रिय

२८ कार्तिक, २०८३

हुम्ला — जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गर्न सक्ने चिकित्सक छन्। अस्पतालको भवन, शय्या र आवश्यक उपकरण पनि छन्। तर शल्यक्रियाका लागि अनिवार्य

फोटो ग्यालरी

↑